रेमिट्यान्स २५.३० प्रतिशतले बढ्यो, फागुनमा मात्रै भित्रियो १०४ अर्ब

0
Shares

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट भित्रने विप्रषण आप्रवाह (रेमिट्यान्स) अघिल्लो वर्षको तुलनामा २५.३० प्रतिशतले वृद्धि भएको छ । देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो जाकारी दिइएको हो । 

चालु आवको आठ महिनामा कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको नेपाल राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको फागुनमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । यस वर्षको फागुनमा मात्रै १ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको हो ।  गत माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ विप्रषण आप्रवाह भएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्षको फागुन मसान्तमा २.६० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३० प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २३.९ प्रतिशतले वृद्धि भई ८ खर्ब ७६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.६ प्रतिशतले घटेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।