साःख ग्रुपले बजारमा ल्यायो जापानी प्रविधिमा आधारित रिकिशी कम्पोष्ट मल

0
Shares

साःख ग्रुपले दोश्रो कृषि परियोजनाका रुपमा कम्पोष्ट मलको व्यवसायिक उत्पादन सुरु गरेको छ । विगत ४५ वर्ष देखि व्यवसाय गर्दै आएको साःख ग्रुपले कृषि क्षेत्रमा क्लाइमेट कन्ट्रोल प्रविधिबाट विभिन्न किसिमको च्याउको उत्पादनपछि जापानी प्रविधिबाट उत्पादित कम्पोष्ट मल उत्पादन थालेको हो ।

साखः ग्रुप अन्तर्गत रहेको दुधौली नगरपालिका स्थित रिकिशी दाईची कम्पोष्ट फर्टिलाईजर एण्ड एग्रो प्रा. लि. ले रिकिशि कम्पोष्ट प्रा.लि को सहकार्यमा रिकिशि ब्राण्ड कम्पोष्ट मल (दुर्गन्ध रहित) बजारमा ल्याएको हो ।

रासायनिक मलको कारणले माटोको उर्वराशक्ति ह्रास भइरहेको अवस्थामा माटोको उर्वराशक्ति जोगाउदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न तथा नेपालीको स्वास्थमा पनि सुधार गर्न कम्पोष्ट मल उपयुक्त हुने कम्पनीको दाबी छ ।

जापानी प्रविधि भए पनि नेपालकै स्रोत साधनको उपयोग गरेर मल तयार गरिएको र मलखाद बनाउन नगरपालिकाहरुसंगको सहकार्यमा फालिएका कुहिने फोहोर समेतको प्रयोग गरिने कम्पनीले जनाएको छ ।

साखः ग्रुपका निर्देशक किरणप्रकाश साखले जापानको प्रविधिलाई जापनिज प्राविधिको प्रत्यक्ष रेखदेखमा पाँच वर्षदेखि नेपालमा यसको अध्ययन अनुसन्धान पछि मात्र बजारमा ल्याएको बताउँदै यो मलको प्रयोगले रासायनिक मलबाट प्राप्त हुने उत्पादन सरह नै उत्पादन हुने जानकारी गराए । ‘नेपालमा रिकिशी कम्पोष्टले कृषि क्षेत्रमा उल्लेख्य सुधार गर्न सक्ने निश्कर्षसहित व्यवसायिक उत्पादन बजारमा ल्याएका छौं । यो मलले रासायनिक मलको वर्षेनि अभाव हुने समस्याबाट पनि मुक्त गर्न सक्ने हाम्रो विश्वास छ । साथै बहुमुल्य विदेशी मुद्रा संचिती बढाउन मद्दत समेत हुने विश्वास गरेका छौं।’ उनले भने ।

कम्पोष्ट मल एक प्राकृतिक र जैविक मल हो जुन पातहरु घाँसको कोपहरु, घरायसी फोहोर, रातो माटो, भुस, ढुँटो जस्ता जैविक सामाग्री बाट बनाइन्छ । यस प्रकारको मल रासायनिक मल भन्दा बढी दिगो मात्र नभई यसले माटोको स्वास्थ र उर्बरा शक्ति सुधार गर्न पनि मद्दत गर्दछ । कम्पोष्ट मल रासायनिक मल भन्दा धेरै सस्तो र किसानलाई सर्वसुलभ ढंगले उपलब्ध हुने भएकाले लागतको हिसाबले पनि यो एक आर्कषक विकल्प हुने कम्पनीको दाबी छ ।

कम्पनीले अहिले भक्तपुर नगरपालिकासँग सहकार्य गरेर फोहोरबाट मल उत्पादन गरिरहेको छ । उक्त मल किसानहरुले उत्पादन गर्ने कृषिजन्य वस्तुको आधारमा बिक्री वितरण गर्दै आएको छ । आगामी दिनमा माग बढ्दै गएको अवस्थामा कम्पनीले देशभर नै सहकार्य गरेर अगाडि बढ्ने योजना बनाएको छ ।

कम्पनीले काठमाडौं महानगरपालिसँग सहकार्य गरेर फोहोरबाट मल उत्पादनको कार्य अगाडि बढाएको छ । परीक्षणका लागि काठमाडौं महागरपालिकाले मल उत्पादन सुरु गरेको छ भने अब एक महिनामा मल उत्पादन हुने साखःले जानकारी दिए ।

दुधौली नगरपालिका स्थित रिकिशि दाईची कम्पोष्ट फर्टिलाईजर एण्ड एग्रो प्रा. लि. साख. ग्रुप अन्तर्गतको भगिनी कम्पनी हो । वि.सं. २०३५ सालदेखि नेपालको उद्योग क्षेत्रमा निरन्तर सक्रिय रहेको साख. ग्रुपले फलामे डण्डी, नन फिरस मेटल (तामा, पित्तल आदि । हस्पिटालिटी, मनोरज्न । पार्क लगायतको क्षेत्रमा लगानी गरेको छ । कृषि क्षेत्रमा मलखाद उत्पादनमा हालै मात्र प्रवेश गरेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: २८ चैत २०७९, मंगलबार  १७ : ०९ बजे