बुधबार अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रालाई कति ?


नेपाल राष्ट्र बैंकले बुधबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । मंगलबार डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको थियो भने आज २३ पैसाले बढेर डलर एकको खरिद दर १३१ रुपैयाँ ११ पैसा र बिक्री दर १३१ रुपैयाँ ७१ पैसा पुगेको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २९ पैसा र बिक्री दर ८७ रुपैयाँ ६९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १२ पैसा र बिक्री दर १६३ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ६७ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८१ पैसा रहेको छ भने साउदी अरबियन रियल एकको खरिद दर ३४ रुपैयाँ ९५ पैसा र बिक्री दर ३५ रुपैयाँ ११ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।