मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ यसरी भयो बाँडफाँड

0
Shares

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीले चैत १९ गते आइतबार देखि २२ गतेसम्म १३ लाख ३७ हजार ३०२ कित्ता निष्काशन गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट १ करिड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार योग्य १२ लाख ८१ हजार ४०२ योग्य आवेदकबाट एक अर्ब ३८ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ३३ हजार ११० कित्ता सेयरका लागि आवेदन परेको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ३३ हजार ७३० जनाले मात्रै १० कित्ता पाएका छन् । त्यसमध्ये पनि २ जनाले थप एक/एक कित्ता पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

हाइड्रोपावरले चैत १९ गतेदेखि २२ गतेसम्म २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० लाख कित्ता आईपीओ जारी गरेको थियो । सोमध्ये ५ प्रतिशत अर्थात ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले सोभन्दा अघि सर्वसाधारणलाई छुट्टाइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा स्थानीय बासिन्दाका लागि ७ लाख ६० हजार कित्ता छुट्टाएकोमा ६ लाख ७८ हजार ६०० कित्ता सेयर वितरण गरेको थियो । स्थानीय बासिन्दाका लागि अवितरित ८१ हजार ४०० कित्ता सेयर सर्वसाधारणमा थप गरी निष्कासन गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।