ब्याजदर घटाउने निर्णयसँगै ९२ अंकले बढ्यो सेयर बजार

0
Shares

नेपाल बैंकर्स संघले वैशाखदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने निर्णयगरेसँगै यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।

संघले वैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको छ ।संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

बुधबार नेप्से ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको छ। यसदिन २६७ कम्पनीको एक अर्ब ९७ करोड बढीको सेयर किनबेच भएको छ । नेप्स बढेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। पछिल्ला केही दिनहरुमा नेप्सेमा एक अर्ब मुनिको कारोबार हुँदै आएको थियो ।

निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, कर्जाको कहिले ?

निक्षेपको ब्याजदर घटेसँगै यसले आधारदर घटाउने र यसको प्रभावले ऋणको ब्याजदर समेत घट्दै जाने बताइएको छ । कर्जाको समेत ब्याज घट्ने भएपछि सेयर लगानीकर्ताको मनोबल फर्किएको छ । अर्कातर्फ हिजो मात्रै नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन नै गरेर अर्थतन्त्र सुधार उन्मुख रहेको बताएपछि यसको प्रभाव समेत बजारमा देखिएको हो ।

नेप्सेका अनुसार १७ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १२ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले बढेर सर्किट लेभलमा पुगेको छ ।

नेप्सेका अनुसार आज डिबेञ्चर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य एक प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ११ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।