बिहीबार अमेरिकी डलरको भाउ घट्यो


नेपाल राष्ट्र बैंकले बिहीबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज बिहीबार अमेरिकी डलरको भाउ घटेको छ । बुधबार डलर एकको खरिद दर १३१ रुपैयाँ ११ पैसा र बिक्री दर १३१ रुपैयाँ ७१ पैसा रहेको थियो भने आज ८ पैसाले घटेर डलर एकको खरिद दर १३१ रुपैयाँ ०३ पैसा र बिक्री दर १३१ रुपैयाँ ६३ पैसा पुगेको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ८० पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८७ पैसा रहेको छ । यता बेलायती पाउण्ड बिहीबार एकको खरिद दर १६३ रुपैयाँ ७० पैसा र बिक्री दर १६३ रुपैयाँ ४४ पैसामा कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।