एफएनसीसीआई एशोसिएट सदस्यमा को-को भए निर्वाचित ?


नेपाल उद्योग वाणिज्य महासंघ एशोसिएटको कार्यसमिति सदस्यको मतगणना सकिएको छ। महासंघको हिजो भएको निर्वाचनअन्तर्गत एसोसिएट सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

जस अन्तर्गत कुल १६ सय ४९ मत खसेकोमा डा. रामशरण थपलियाले १ हजार ४४० ल्याएका छन् ।

मनोज पौडेलले १ हजार ३७३ ल्याएका छन् । यस्तै आनन्दकुमार बगेरिया १ हजार ३६४, अम्बिका प्रसाद पौडेलले १ हजार ३६३, सुनिल नारायण श्रेष्ठले १ हजार ३४२, सुशील थापा १ हजार ३२९, शैलेन्द्र गुरागाईं १ हजार ३१५, राजेशकुमार अग्रवाल १ हजार ३१२, हेमन्त गोल्छा १ हजार ३००, देशबन्धु बस्नेत १ हजार २८४, अविनाश बोहोरा १ हजार २७५ मत ल्याएका छन् ।

यस्तै गोपाल खनालले १ हजार २६५ मत ल्याएका छन् भने उज्वलकुमार श्रेष्ठले १ हजार १९१, प्रबलजंग पाण्डेले १ हजार १२८, जुना माथेमाले ९९१, शक्तिकुमार बेगानीले ९८८, सन्दीपकुमार अग्रवालले ९२५, ऋणी अग्रवालले ८८१ र मुकुन्दप्रसाद तिमल्सिनाले ८४२ मत ल्याएका छन् ।

एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।