भरत आचार्यलाई हराउँदै ज्योत्सना श्रेष्ठ बनिन् महासंघ एसोसिएट उपाध्यक्ष


नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट तर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । महासंघ निर्वाचन समितिका अनुसार श्रेष्ठले ८४६ मत प्राप्त गरि उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

श्रेष्ठ वरिष्ठ उपाध्यक्षको उम्मेद्वार रामचन्द्र संघई प्यानलबाट चुनाव लडेकी थिईन् । उनको प्रतिस्पर्धी भरत आचार्यले ७ सय ८१ मत पाएका छन् । उनले आफ्ना प्रतिस्पर्धी आचार्यलाई ६५ मत अन्तरमा जितेकी हुन् । आचार्य वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठका साझा उम्मेदवार थिए ।

जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।

No description available.

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।