साढे ५ वर्षमा टाटाको ५ लाख नेक्सन कार बिक्री, पछिल्लो ७ महिनामै १ लाख

0
Shares

भारतीय मोटर उत्पादक टाटा मोटरसले भारतीय बजारमा ५ लाख थान नेक्सन कार विक्री गरेको छ ।

कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित नेक्सन कार सन् २०१७ देखि बजारमा ल्याइएको थियो । साढे पाँच वर्षको छोटो अवधिमै ५ लाख थान नेक्सन बिक्री गर्नु आफ्नो ठुलो सफलता भएको कम्पनीले जनाएको छ ।

५ लाख मध्ये पछिल्लो सात महिनामा मात्र १ लाख थान नेक्सन विक्री भएको कम्पनीले जनाएको छ ।

हालका वर्षहरुमा टाटाको नेक्सन बजारले निरन्तर रुचाएको मोडेलका रुपमा स्थापित भएको छ । सन् २०२० मा “फेसलिफ्ट” को आगमन पछि यसको वजार विस्तार झन् तिब्र ढंगले अगाडि बढेको कम्पनीले जनाएको छ ।

नेक्सन १ हजार २०० सय सिसिको रेभोट्रन पेट्रोल इन्जिन र १ हजार ५०० सिसिको रेभोटर्क डिजेल इन्जिन उपल्क्ब्ध छ । पहिलो भेरियन्टमा १२० हर्सपावर एवं १७० एनएमको “पिक टर्क” को क्षमता छ भने दोस्रोमा १२० हर्सपावरको शक्ति एवं १७० एनएमको “पिक टर्क” को क्षमता छ । दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र सिक्स स्पिड एटिएम छ ।

नेक्सन एसयुभीले मारुती सुजुकी ब्रेज्जÞा, ह्युनडाइ भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयुभी ३००, निसान म्याग्नाइट र रेनल्ट काइगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ । यसमा टचस्क्रिन सिस्टम, सेमी–डिजिटल इन्स्ट्रुमेन्ट कन्सल, थ्री–स्पोक फ्ल्याट–बटम स्टेयरिङ व्हील, स्वचालित क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन् ।

सर्वोत्कृष्ट सुरक्षाको लागि नेक्सनले ग्लोबल एनसीएपीद्वारा पाँच–तारे गाडीको मान्यता प्राप्त गरेको हुनाले बजारमा नेक्सनले अग्रगति लिएको हो ।

नेक्सनको विद्धुतीय संस्करण पनि बजारमा अग्रस्थानमा रहेको छ । नेक्सन इभी हाल भारतको सबैभन्दा बढी विक्री भइरहेको विद्धुतीय गाडीको हो ।

टाटाको यस वर्षको अन्त्यसम्म नेक्सनको अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ । यो नँया स्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको “कर्भ अवधारणा” मा आधारित छ ।

१ हजार २०० सिसिको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति १२५ हर्सपावर बराबर हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।