विशाल ग्रुपका अध्यक्ष अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ बाट विभूषित

0
Shares

विशाल ग्रुपका अध्यक्ष एंवम एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ बाट विभूषित भएका छन् ।

संविधान दिवसको अवसरमा गत असोज ३ गतेकाा दिन घोषित उक्त सम्मानित विभूषण २०८० वैशाख १ गतेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरेका हुन् ।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको स्थापित भएका अग्रवालले कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउदै आएका छन् ।

उनी एनआईसी एशिया बैंकको पूर्व अध्यक्ष हुनुको साथै हाल विशाल गु्रपको अध्यक्ष पनि हन् । उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा. लि., कमला रोलिङ मिल्स प्रा.लि. तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै आएका छन् ।

साथै, उनले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ्ग तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पु¥याउँदै आएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।