प्रोग्रेशिभ फाइनान्सले सुरु गर्यो क्यू आर भुक्तानी सेवा

0
Shares

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आजदेखि क्यूआर भुक्तानी टेलर सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरुलाई साना साना रकमहरु झिक्न पनि चेक बुक तथा डेविट कार्डको अनावश्यक प्रयोग गर्नुपर्ने झण्झटबाट मुक्त बनाएको छ ।

यो सेवा लिनका निम्ति मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकहरुले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर कार्यालयमा गई क्युआर स्क्यान गरेर रकम भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसको भुक्तानी सीमा भने मोबाइल बैंकिङको भुक्तानी सीमा अनुरुप कै रहनेछ ।

नयाँ वर्षको शुरुवातसँगै नयाँ सेवा प्रवाह गरेको यस फाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईले यस सेवाको उद्घाटन गर्दै क्युआर भुक्तानी सेवाको प्रयोग गरी सुरक्षित र भरपर्दो विद्युतीय बैंकिङ कारोबार गर्न सम्पूर्ण ग्राहकहरुलाई अनुरोध गरेका छन ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।