नोबेल मेडिकल कलेजको आम्दानी २ अर्ब ६२ करोड, क्षमता विस्तारका लागि साढे २ अर्ब कर्जा

0
Shares

बिराटनगरमा रहेको नोबेल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालले सन् २०२२ मा २ अर्ब ६२ करोड ६० लाख बराबरको एकीकृत सञ्चालन आम्दानी गरेको छ ।

नोबेल मेडिकल कलेजले सञ्चालन गरेको नोबेल क्यान्सर अस्पताल, नोबेल एड्भान्स्ड इन्भेष्टमेन्ट र नोबेल हस्पिटल फार्मेसीबाट संकलन भएको सञ्चालन आम्दानी समावेश गरी नोबेल मेडिकल कलेजले २ अर्ब ६२ करोड ६० लाख बराबरको आम्दानी गरेको हो ।

सन् २००३ मा स्थापना भएको नोबल मेडिकल कलेज तथा शिक्षण अस्पतालले एमबीबीएस, पोस्ट ग्य्राजुएड, डक्टोरेड अफ मेडिसीन, पीसिएल नर्सिङ, बीएससी नर्सिङ, फिजियो थेरापी लगायतका कोर्सहरुको अध्ययन अध्यापन गराइरहेको छ । काठमाडौँ विश्वविद्यालय र सीटिभीटिले अध्यापन गराउने कोर्सहरुको अध्यापन नोबल मेडिकल कलेजमा हुँदै आएको छ ।

सरकारले राजधानी बाहेकका अन्य जिल्लाहरुमा स्वास्थ्य तथा मेडिकल शिक्षाको पहुँच बढाउने नीति अपनाउँदा उपत्यका बाहिर मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगानी गर्नेहरुको सङ्ख्या बाक्लो हुँदै गएको छ । यस्तै नोबल मेडिकल कलेजकै सहायक अस्पताल नोबल क्यान्सर अस्पताल र नोबल हस्पिटल फार्मेसीमा समेत लगानी गरिरहेको छ ।

नोबल मेडिकल कलेज तथा शिक्षण अस्पतालले क्यान्सर अस्पताल तथा फार्मेसीको क्षमता विस्तारका लागि २ अर्ब ६८ करोड ७० लाख बराबरको दीर्घकालीन तथा अलपकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले २ अर्ब ५३ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस रेटिङ गरेको छ । यसअघि ‘वाच वीथ नेगेटिभ इम्प्लीकेशन’ को सूचीमा वर्गाीकरण गरेको एजेन्सीले नोबेल मेडिकल कलेजलाई उकत सूचीबाट हटाएको छ । यस्तै एजेन्सीले १५ करोड ७० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।