आइतबार यस्तो छ विदेशी मुद्राको भाउ


नेपाल राष्ट्र बैंकले आइतबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज आइतबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ०५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६४ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९८ पैसामा कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ५३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ६७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।