जनसन्स एन्ड जनसन्सको बेबी पाउडर प्रयोग नगर्न आग्रह

0
Shares

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनसन्स एन्ड जनसन्स इन्डियाले उत्पादन गरेको ट्यालकम आधारित बेबी पाउडर प्रयोग नगर्न आग्रह गरेको छ ।

जनसन्स एन्ड जनसन्स इन्डियाले उत्पादन गरेको बेबी पाउडरमा मानव शरीरलाई असर पु¥याउने पदार्थ भेटिएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचारहरु प्रकाशन भएका छन् ।

सोही समाचारहरुलाई आधार मानी उपभोक्ताले विभागमा उजुरी दर्ता गरेका थिए । उपभोक्ताबाट आएका उजुरीलाई धयानमा राखी विभागले आवश्यक अनुगमन, अध्ययन र अनुसन्धान गरी ब्याच नम्बर बी३आर १००४० को बेबी पाउडर प्रयोग नगर्न विभागका महानिर्देशक राजेन्द्र कुमार ठाकुरले सुझाएका छन् ।

छिमेकी मुलुक भारतमा समेत जनसन्स एन्ड जनसन्स विरद्ध मुम्बई उच्च अदालतमा मुद्धा दायर भएको थियो । अदालतले गरेको अनुसन्धानले बेबी पाउडरको ब्याच नम्बर बी३आर १००४० मा तोकिएको पीएच भ्यालु भन्दा धेरे भएकाले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने घोषणा गरेको थियो । अदालतले भारतमा उक्त ब्याचमा उत्पादन भएका बेबी पाउडरको बिक्री वितरण नगर्न र बिक्री हुन बाँकी पाउडर फिर्ता ल्याउन निर्णय गरेको थियो ।

मुम्बई उच्च अदालतको आदेशलाई पालना गरी नेपालमा समेत ब्याच नम्बर बी३आर १००४०मा उत्पादन भएका बेबी पाउडरको प्रयोग गर्न र पसलहरुमा बिक्री वितरण नगर्न विभागले अनुरोध गरेको छ ।

जनसन्स एन्ड जनसन्स कम्पनीले उत्पादन गरेको ट्यालकम आधारित बेबी पाउडरमा क्यान्सर हुन सक्ने तत्व भेटिएका कारण हाल अमेरिकामा जनसन्स एन्ड जनसन्स विरुद्ध अमेरिकामा मुद्दा चलिरहेको छ ।

कम्पनी विरुद्ध विश्वभरमा हजारौँ मानिसहरुले मुद्धा दर्ता गरेका छन् । अप्रिल ४ मा कम्पनीले जनसन्सको बेबी पाउडरमा क्यान्सर हुन सक्ने तत्व मिसिएको तथ्यलाई स्वीकार गर्दै ८ अर्ब ९० करोड अमेरिकी डलर जरिवाना तिर्ने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।