अमेरिकी डलरको भाउ स्थिर हुँदा अष्ट्रेलियन बढ्यो


सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर जसअनुसार आज सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ०५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।

हिजो पनि उक्त डलर सोही भाउमा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६९ पैसा र बिक्री दर ८८ रुपैयाँ ०९ पैसा पुगेको छ । हिजो अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६४ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा रहेको थियो ।

यस्तै आज युरोको भाउ खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९२ पैसा र बिक्री दर १६२ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ५३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ६७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।