लुम्बिनी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि अनुमति दिएको हो।
बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । बैंकले गत असारमा ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो।
बैंकले जारी गर्ने कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि बिक्रीमा आउनेछ भने बाँकी ६ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट विभिन्न संगठित संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।
बैंकले दीर्घकालीन लगानीको स्रोत संकलनका लागि वार्षिक ११ प्रतिशत ब्याजरमा १० वर्षसम्मका लागि उक्त ऋणपत्र निष्कासन गर्ने भएको हो ।
ऋणपत्र निष्कासन गर्नका लागि बैंकले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया