दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

0
Shares

बुधबार सेयर बजार पुनः दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार १७ अंक बढीले उकालो लागेको बजार बुधबार १३.६८ अंकले घटेर १८९२.०० बिन्दुमा झरेको छ।

बुधबारको बजारमा ८४ करोड ७० लाख २८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीकोे घटेको छ । त्यस्तै, ८ कम्पनीको स्थिर रह्यो ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत घटेको छ। कारोबारमा आएका विकास बैंक र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढ्दा सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाए । कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको ७ करोड बढीको कारोबार भयो।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।