एनएमबिका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३% सम्म छुट

0
Shares

एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ हिम इलोक्ट्रोनिससँग साझेदारी गरेको छ ।

ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३% सम्म छुट र ईएनएमबि मोबाइल एप मार्फत भुक्तानी गर्दा थप एक हजार ५ सय रुपैयाँसम्म छुट पाउनेछन ।

यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने रहेको जनाइएको छ । यस अफर मार्फत, एनएमबि बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्नेछन् । यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको लागि मान्य हुने जनाएको छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।