बिक्रम पाण्डेले ठेक्काबाटै कमाउँछन वर्षिक ३ अर्ब, २२ अर्बको ठेक्का ‘बुक’


पूर्व शहरी विकास मन्त्री बिक्रम पाण्डेले ठेक्कापट्टाबाट मात्रै वर्षिक सवा ३ अर्ब कमाउने गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टिबाट सासंद समेत रहेको उनले २२ अर्ब रुपैयाँ बराबरको ठेक्का ‘बुक’ गरेर राखेका छन् ।

पाण्डे परिवारको पुर्ण लगानीमा रहेको कालिका कन्सट्रकसनले सन् २०२२ मा ३ अर्ब ६३ करोड ३३ लाख सञ्चालन आम्दानी गरेको इक्रा क्रेडिट रेटिङ एजेन्सीले जनाएको छ । सन् २०२१ मा २ अर्ब ८५ करोड १३ लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२२ मा २७.४२ प्रतिशतले वृद्धि गरेको हो ।

सन् १९७६ मा स्थापनाभएको कालिका कन्सट्रकसन नेपालको पुरानो निर्माण कम्पनी हो । नेपाल सरकारले कालिका कन्सट्रकसनलाई ‘क’ वर्गको निर्माण कम्पनीमा वर्गीकरण गरेको छ । कम्पनीले हाइड्रोपावर, सडक, पुल, नहर, सिचाइँ, खानेपानी लगायतका विभिन्न पूर्वाधार विकासका कामहरु गर्दै आएको छ ।
कम्पनीमा बिक्रम पाण्डेको सेयर हिस्सा ४९.९८ प्रतिशत रहेको छ । यस्तै कम्पनीमा उनकी श्रीमती पार्वती पान्डेको पनि समान ४९.९८ प्रतिशत सेयर हिस्सा छ । कम्पनीका अध्यक्ष बिक्रम पाण्डे छन भने पार्वती पाण्डे प्रबन्ध निर्देशक हुन ।

सन् २०२३ को मार्च महिनासम्ममा कम्पनीले निर्माणका लागि लिएका ७९ प्रतिशत ठेक्काहरुको निर्माण गरिसक्नु पर्ने समय सकिइसकेको छ । उक्त काम पुरा गर्नका लागि नेपाल सरकारले कोभिड–१९को समयलाई मध्यनजर गरी १ वर्षको समयावधि थप गरेको छ । कम्पनीले सुरु गरेका निर्माण परियोजनामा ढिलाई हुँदा कम्पनी कालो सूचीमा पर्ने खतरा भने उचच छ ।

कम्पनीले २२ अर्ब बराबरको परियोजनाको ठेक्का लिएर बसेको छ । जसकारण कम्पनीको वित्तीय अवस्था स्वस्थ रहेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । कम्पनीले १२ अर्ब ७७ करोड ८० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि पुन रेटिङ गराएको छ ।

कम्पनीले ५५ करोड २ लाख बराबरको दीर्घकालीनकर्जाका लागि रेटिङ एजेन्सी इक्रानेपालले ट्रिपल बी रेटिङ पुन प्रमाणिकरण गरेको छ । यस्तै १२ अर्ब २२ करोड ७८ लाख बराबरको अल्पकालीनकर्जाका लागि ए ३ प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।