यो साता नेप्से १४.६५ अंक घट्यो, ९ कम्पनीको बोनस सूचीकृत

0
Shares

यो साता नेप्से १४.६५ अंक घटेको छ । आइतबार १९०४ दशमलव ४० बिन्दुमा रहेको नेप्से ०.७७ प्रतिशत घटेर १८८९ दशमलव ७५ विन्दुमा झरेको हो । पाँच कारोबार दिन सेयर कारोबार भएकोमा तीन कारोबार दिन नेप्से ओरालो लाग्यो भने दुई दिन बढ्यो । सोमबार र मंगलबार मात्र नेप्से बढेको हो ।

सातामा २६६ कम्पनीका १ करोड २४ लाख ४१ हजार ८१६ कित्ता सेयर ४ अर्ब ५ करोड २१ लाख २१ हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । गत साता २६८ कम्पनीका १ करोड ४९ लाख ६५ हजार ८०७ कित्ता सेयर ४ अर्ब ६२ करोड ६ लाख ३४ हजार रुपैयाँमा खरिद बिक्री भएका थिए । अघिल्लो साताको तुलनामा कारोबार रकम १२ प्रतिशतले घटेको हो । यस्तै गत साता दैनिक औसतमा ९२ करोड ४१ लाखको सेयर कारोबार भएको बजारमा यस साता दैनिक औसतमा ८१ करोड ४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

नेप्सेसँगै कुल बजार पूँजीकरण पनि २१ अर्ब ३४ करोडले घटेर २७ खर्ब ५३ अर्ब ४४ करोड ८१ लख रुपैयाँमा समेटिएको छ । गत साता २७ खर्ब ७४ अर्ब ७८ करोड ९१ लाख थियो । यस साता कुल बजार पूँजीकरण ०.७७ प्रतिशत घटेको हो ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये यस साता होटल तथा पर्यटन, म्युचुअल फन्ड र विकास बैंकको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । फाइनान्स सर्वाधिक १.७१ प्रतिशतले घट्दा लघुवित्त १.४७ र जलविद्युत पनि १.४३ प्रतिशतले घटेका छन् ।
सेयरमूल्य बढ्ने कम्पनीको सूचीमा यो साता आदर्श लघुवित्त वित्तीय संस्थाको ११.५२ प्रतिशतले मूल्य बढेको छ । यस्तै तारागाउँ रिजेन्सी होटलको ६.९२, शिवम् सिमेन्टस् ५.५८, नेपाल एसबिआई बैंक ३.७५ र आँखुखोला हाइड्रोपावरको सेयरमूल्य ३.४५ प्रतिशतले बढको छ ।

उता यस साता धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक १२.१७ प्रतिशत घटेको छ भने गणपति माइक्रोफाइनान्सको सेयरमूल्य पनि १०.९३ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै, गुराँस लघुवित्तको ९.७३, सबैको लघुवित्तको ७.९४ र लिवर्टी इनर्जीको सेयरमूल्य ७.०७ प्रतिशतले घटेको छ ।

९ कम्पनीका २ करोड १८ लाख बोनस सुचीकृत

नेप्सेमा यो साता विभिन्न ९ कम्पनीका कुल २ करोड १८ लाख ६० हजार ५५८ दशमलव ८४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यो साताभरमा गरिमा विकास बैंकको ५९ लाख ६८ हजार १३५ दशमलव ५५ कित्ता बोनस, पुनर्बीमा कम्पनीको ५८ लाख २५ हजार कित्ता बोनस, निर्धन उत्थान लघुवित्तको ४१ लाख ७० हजार ५४७ दशमलव ५० कित्ता बोनस, सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९ कित्ता बोनस, डिप्रोक्स लघुवित्तको १३ लाख ८७ हजार ४९८ दशमलव ३३ कित्ता बोनस, अरुण भ्याली हाइड्रोपावरको १३ लाख ८३ हजार ६७६ कित्ता बोनस सूचीकृत भएको हो ।

यसैगरी यसै साता लुम्बिनी जनरल इन्स्योरेन्सको ९ लाख १७ हजार ६४४ दशमलव ५० कित्ता बोनस, प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख ९४ हजार ३९१ कित्ता बोनस र नेपाल हाइड्रो डेभलोपरको १ लाख ५९ हजार ९६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।