आइतबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा, कुन देशको भाउ कति ?


नेपाल राष्ट्र बैंकले आइबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज आइतबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९९ पैसा र बिक्री दर ८६ रुपैयाँ ३८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ५४ पैसा र बिक्री दर १४४ रुपैयाँ २० पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७१ पैसा र बिक्री दर १६३ रुपैयाँ ४६ पैसामा कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २९ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।