राष्ट्रिय आईसीटी दिवसमा टेलिकमको आकर्षक अफर

0
Shares

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आईसीटी डे) को अवसरमा आकर्षक भ्वाइस र डाटा प्याकेज उपलब्ध गराउने भएको छ ।

अफर अन्तर्गत दूरसञ्चार कम्पनीले ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराएको छ ।

यसैगरी टेलिकमले डाटा प्याकेज अन्तर्गत ग्राहकहरुले रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज प्रयोग गर्न सक्ने छन् ।

नेपाल टेलिकमले प्रदान गर्ने आइसीटि दिवस विशेष अफर वैशाख १७ देखि सुरु भई वैशाख १९ गते सम्मका लागि लागु हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।

सन् २०२३मा ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइदै छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।