अनुसन्धानमा आधारित बजेट ल्याउन अर्थशास्त्रीको सुझाव

0
Shares

नेपाल आर्थिक संघले सरकारलाई अनुसन्धानमा आधारित जनतालाई आशा जगाउने खालको बजेट ल्याउन सुझाएको छ । सोमबार संघका प्रतिनिधिले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई भेट गर्दै आगामी आर्थिक वर्षको बजेटले आम सर्वसाधारणमा आशा जगाउने खालको हुनुपर्ने बताएका हुन ।

वरिष्ठ उपाध्यक्ष डा भवानी प्रसाद ढुंगानाको नेतृत्वमा संघको टोलिएको गएको थियो । टोलीले अर्थ मन्त्रीलाई अर्थतन्त्रको पछिल्लो अवस्था र आगामी बजेट लगायतका बिषयमा जानकारी गराएका थिए । अगामी आर्थीक बर्ष २०८०/८१ को बजेट अनुसन्धानमा आधारित विषय वस्तुहरूलाई हृदयंगम गर्दै जनतालाई आशा जाग्ने किसिमको हुनुपर्नेमा उनीहरुको जोड थियो।

अर्थ मन्त्री डा प्रकाश शरण महतले नेपाल आर्थिक संघ देशको एक मात्र अर्थशास्त्रीहरूको सङ्गठन भएकोले सहकार्य गर्न तयार रहेको बताएका छन । आर्थिक विषयमा जस्तै कृषि, रोजगारी बढाउन, उत्पादन बढाउन, पूँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने मन्त्री महतको भनाई छ।

सोहि अवसरमा संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष ढुंगानाले अर्थ मन्त्रीलाई मानार्थ सदस्यता समेत प्रदान गरेका छन । उक्त अवसरमा उपाध्यक्ष्य प्रा डा गोबिन्द नेपालले अर्थ मन्त्रालय सँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि आर्थिक क्षेत्रमा अनुसन्धान जारी राख्ने बताए ।

संघका महासचिव डा गोपाल प्रसाद तिवारी देशका जल्दा बल्दा आर्थिक विषयहरुको अनुसन्धान संघसंगको सहकार्यमा गर्दा सरकारलाई उपयोगी हुने बताए । साथै तिवारीले सरकारलाई अनुसन्धानमा आधारित बजेट बनाउन समेत सहयोग पुग्ने बताए।

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा पोशराज पांडेले नेपाल आर्थिक संघसँग सरकार पहिलेदेखिनै निति विश्लेषण तथा कार्यक्रम आयोजना गर्ने कार्यमा लागिपरेको जानकारी दिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।