अमेरिकी अर्थतन्त्र सुस्ताउँदै, पहिलो त्रैमासमा १.१ प्रतिशत आर्थिक वृद्धिदर

अमेरिकी अर्थतन्त्र सुस्ताउँदै, पहिलो त्रैमासमा १.१ प्रतिशत आर्थिक वृद्धिदर

सन् २०२३ को पहिलो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि दर १.१ प्रतिशत रहेको वाणिज्य विभागले जनाएको छ ।

सन् २०२२ को अन्तिम त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि दर २.६ प्रतिशत थियो । सन् २०२३ मा उपभोक्ता क्रय शक्ति बढेता पनि आर्थिक वृद्धि दर १.५ प्रतिशत विन्दुले खुम्चिएको हो ।

विश्व अर्थतन्त्र अनिश्चितता तर्फ ढल्किएसँगै अमेरिका लगायतका विकसीत मुलुकमा आर्थिक मन्दी हुने विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले घोषणा गर्दै आएका छन् ।

रुस–युक्रेन युद्धका कारण आकाशिएको मुद्रास्फीति दर नियन्त्रणका लागि केन्द्रीय बैंक–फेडरल रिजर्भले आक्रामक शैलीमा ब्याजदर बढाउँदै आएको छ । जसकारण कर्जाको ब्याजदर बढेको छ ।

कर्जाको ब्याजदर वृद्धि भएसँगै व्यवसायीहरुले कर्जा लिएर लगानी गर्न बन्द गरेका छन् । जसकारण अमेरिकी अर्थतन्त्र सुस्ताउँदै गएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार १८ : ३५ बजे