अमेरिकाको अर्को बैंक टाट पल्टिन सक्ने संकेत

0
Shares

पछिल्लो समयमा अमेरिकाका बैंकहरु टाट पल्टिने सङ्ख्या बढेको छ । सन् २०२३ मे १ मा अमेरिकाको फस्ट रिपब्लिक बैंक टाट पल्टिएपछि अन्य बैंकहरुको सेयरमूल्यमा भारी गिरावट आएको छ ।

मे १ मा भ्याली नेशनल बैंकको सेयरमूल्य २० प्रतिशतले ओरालो लागेको छ । सन् २०२३ जनवरी देखि मे महिनासम्ममा बैंकको सेयर मूल्य ३३ प्रतिशतले घटेको छ।

फस्ट रिपब्लिक बैंकलाई अमेरिकी निक्षेप बीमा संस्थान–फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले टाट पल्टिएको घोषणा गरेपछि अन्य बैंकहरुको सेयरमा प्रभाव परेको छ । सिटिजन्स फाइनान्स ग्रुप, पीएनसी फाइनान्सियल सर्भिस कर्पोरेशन, टु«इस्ट फाइनान्सीयल कर्प र अमेरिकी बैंक कर्पको सेयर मूल्य ३–७ प्रतिशतले घटेको छ ।

फस्ट रिपब्लिक बैंकलाई जेपी मार्गनले १० अर्ब ६० करोड अमेरिकी डलरमा अधिग्रहण गरेको छ । पछिल्लो समयमा अमेरिकाका ३ बैंक टाट पल्टिएका छन् । सिलिकन भ्याली बैंक र सिल्भर गेट बैंक मार्च १० र मार्च १२ मा टाट पलिटएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।