‘एनएमबि सरल बचत फण्ड–ई’ को थप १० करोड इकाई बिक्री गर्न बोर्डको अनुमति

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ‘एनएमबि सरल बचत फण्ड–ई’ को थप १० करोड इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैशाख १९ गते मंगलबार अनुमति दिएको हो ।

एनएमबि क्यापिटल अन्तर्गतको एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘एनएमबि सरल बचत फन्ड ई’ क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना हो । एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि ५० गरी दुई बन्दमुखी योजना सञ्चालनमा रहेका छन् । एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डको अवधि भने परिपक्क भईसकेको छ ।

फन्डको आकार हाल ८८ करोड २४ लाख ६१ हजार ६०५ रुपैयाँ बराबरको रहेको छ । बाेर्डले थप १० करोड इकाई बिक्री अनुमति दिएकाे हाे । यससँगै अब फन्डको आकार १ अर्ब ८८ करोड २४ लाख ६१ हजार ६०५ रुपैयाँसम्म विस्तार हुने बाटाे खुला भएकाे छ । खुलामुखी भएकाले यो योजनाको अवधि छैन। अर्थात यो परिपक्व हुँदैन। 

फन्डले यसअघि उक्त खुलामुखी योजनको इकाई बिक्रीमा ल्याएको थियो । पहिलो चरणमा २०७८ भदौ १७ देखि २१ गतेसम्म ४ करोड इकाईको बिक्री खुला गर्दा मागभन्दा बढी आवेदन परेपछि ५ करोड ५० लाख इकाई बाँडफाँड भएको थियो । उक्त खुलामुखी योजनाको इकाई हाल बढेर ८ करोड ८२ लाख ४६ हजार १६० इकाई पुगिसकेको छ ।

उक्त खुलामुखी योजनाको इकाई एनएमबि क्यापिटल लिमिटेड नागपोखरीको वेवसाइट मार्फत विद्युतीय माध्यमबाट खरिद बिक्री हुँदै आएको छ । इकाईधनीले आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इकाई खरीदविक्री गर्न सक्नेछन् । कोष प्रबद्र्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

नेपालको सेयरबजारमा धेरै सेक्टरका शेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये उत्कृष्ट कम्पनीहरुको सेयरमा लगानी गरी उच्चतम प्रतिफल प्राप्त गर्नमा ‘एनएमबि सरल बचत फन्ड ई’ केन्द्रीत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।