जीवन बीमा कम्पनीले चैतमा गरे १६ करोड बढीको लघुबीमा व्यवसाय

0
Shares

जीवन बीमा कम्पनीहरुले गत चैतथ महिनामा मात्रै १६ करोड ३५ लाख रुपैयाँ बराबरको लघु जीवन बीमा व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरुले प्रथम बीमाशुल्क बापत १४ करोड ७८ लाख रुपैयाँ संकलन गरेका छन् भने नविकरणीय बीमाशुल्क बापत १ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

चैत मसान्तसम्ममा कम्पनीहरुले ७७ अर्ब ५ करोड ७३ लाख रुपैयाँ बराबरको ३ लाख ५८ हजार ६१० वटा लघु जीवन बीमा पोलिसी जारी गरेका छन् ।

चैत महिनामा नेशनल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै लघु जीवन बीमा व्यवसाय गरेका छन् । प्राधिकरणको तथ्यांक अनुसार चैत महिनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५ करोड २३ लाख रुपैयाँ बराबरको लघु जीवन बीमा व्यवसाय गरेको छ ।

सो महिनामा कम्पनीले ४९ हजार १७२ वटा पोलिसी जारी गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । चैतमा मात्रै कम्पनीले दुई लाख १६ हजार २५ वटा लघुजीवन बीमा पोलिसी बिक्री गरेको छ ।

न्यून आय भएका व्यक्तिको लागि बिक्री गरिने थोरै बीमाकंको पोलिसीलाई लघु जीवन बीमा पोलिसी भनिन्छ । सरकारले न्यून आय भएका व्यक्तिलाई पनि बीमाको दायरामा समेटन लघु जीवन बीमा पोलिसी सञ्चालनमा ल्याएको हो । प्राधिकरणले लघु बीमा पोलिसी मात्रै विक्री गर्ने गरी नयाँ कम्पनी स्थापनाको लागि अनुमति समेत दिइसकेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार चालु आवको चैत महिनासम्ममा भने लघु जीवन बीमा बापत कम्पनीहरुले एक अर्ब ६९ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । नविकरणीय बीमा बापत ११ करोड संकलन गरेका छन् । हालसम्म ४४ लाख ५२ हजार २९५ वटा लघुबीमा पोलिसी सक्रिय रहेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।