धितोपत्र बोर्डले थप १३ ब्रोकर कम्पनीलाई दियो आशय पत्र

0
Shares

नेपाल धितोपत्र बोर्डको वुधबार बसेको सञ्चालक समितिले थप १३ कम्पनीलाई ब्रोकरको रुपमा काम गर्न आशय पत्र प्रदान गरेको छ। यसअघि बोर्डले १६ कम्पनीलाई आशय पत्र प्रदान गरेको थियो ।

बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र दिएसँगै अब बजारमा नयाँ २९ ब्रोकर कम्पनी थपिने भएका छन । हाल बजारमा ५० ब्रोकर कम्पनी संचालनमा छन।

ब्रोकर लाइसेन्सका लागि डेढ दर्जन आवेदकलाई ‘एलओआइ’, पुर्वाधार निर्माणको समय ६ महिना

बोर्डले वुधबार सनराइज सेक्युरिटिज, जेबिएनएल सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, स्टकस्टकार्टस सेक्युरिटिज, प्रोपर्टी बिजार्ड, क्यपिटल हब प्राली, मिल्की वे सेयर ब्रोकर कम्पनीलाई आशय पत्र दिएको हो।

यस्तै, आशय पाउने अन्यमा ब्लूचिप सेक्युरिटिज, गरिमा सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, कलश स्टक मार्केट, मनि वर्ल्ड सेयर एक्सचेन्स, मियो सेक्युरिटिज रहेका छन्।

यी सबैले सीमित कार्य गर्ने दलालको रुपमा काम गर्नेछन्। धितोपत्र व्यापारीको लागि एक अर्ब ५० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने दलालको लागि २० करोड रूपैयाँ चुक्ता पुँजी तोकिएको छ।

आशय पत्र पाएको ६ महिनाभित्रमा यी कम्पनीले पूर्वाधार तयार गरी धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था छ। बोर्डले ३० दिनभित्र स्थलगत निरीक्षण र जाचबुझ गर्नेछ। बोर्डले पूर्वाधार अपर्याप्त देखेमा बढीमा तीन महिनाको समय दिएर थप व्यवस्था गराउन लगाउँनेछ। सो अवधिमा पनि पूर्वाधार तयार नगर्नेको अनुमति स्वतः रद्द हुनेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।