पुँजी बजारसँगै वित्तीय क्षेत्रका नियमनकारी निकायको संस्थागत क्षमता विकास गरिने

0
Shares

सरकारले पुँजी बजारसँगै वित्तीय क्षेत्रका नियमनकारी निकायको संस्थागत क्षमता विकास गर्ने भएको छ । यस्तै पुँजीबजारको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आइतबार संघीय संसदको दुबै सदनमा प्रस्तुत गरेको विनियनेजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामा वित्तीय क्षेत्रलाई स्वस्थ एवं प्रभावकारी बनाइने नीति लिएका हुन् ।

अर्थमन्त्री महतले वित्तीय मध्यस्थता लागत कम गरी लगानीको लागि पुँजीमा पहुँच सहज बनाइने, बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमाको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गरिने बताए । यस्तै सहकारी क्षेत्रको नियमनलाई सबल बनाउन नीतिगत र कानूनी सुधार गरिने बताए ।

अगामी बजेट मार्फत सूचना प्रविधिको प्रयोग मार्फत सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, सहज र पहुँचयोग्य बनाइने, सार्वजनिक प्रशासनको क्षमता अभिवृद्धि गर्दै चुस्त र सक्षम बनाई नतिजामूखी प्रशासनको विकास गरिने उनको भनाई छ । प्रदेश र स्थानीय तहबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन समन्वय र सहकार्य गरिने तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित निकायको क्षमता विकास गरिने उनले बताए ।

साथै न्याय प्रणालीलाई छिटो, छरितो र पहुँचयोग्य बनाउन संस्थागत क्षमता बढाइने, विस्तृत शान्ति सम्झौताका बाँकी काम सम्पन्न गरिने, अपराध नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा प्रणालीलाई सुदृढ गरिन र भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्न क्रियाशील निकायहरूको क्षमता विकास गरिने नीति सरकारले राखेको उनले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।