सोमबार कुन मुद्राको भाउ कति ?


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १४ पैसा र बिक्री दर ८८ रुपैयाँ ५४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसामा कारोबार भइरहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ५७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।