संसदमा आजबाट प्रि बजेट छलफल सुरु, अर्थमन्त्रीले बुधबार जवाफ दिने

0
Shares

संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु भएको छ । प्रतिनिधि सभामा आजवाट बजेट पूर्वको छलफल प्रि–बजेट छलफल सुरु भएको हो ।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि सुरु भएको छलफल बेलुका ५ बजेसम्म चल्नेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो बैठकमा राखेको आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धको प्रस्तावमा सांसदहरुले आजवाट राय दिन लागेका हुन ।

चार दिनसम्म प्रि–बजेट छलफल गर्ने सहमति यसअघि नै कार्यव्यवस्था परामर्श समितिले गरिसकेको छ । प्रस्तावमाथि आज र भोली पाँच–पाँच घण्टा र बुधबार दुई घण्टा सांसदहरुले आफ्नो राय राख्नेछन् । बुधबार नै अर्थमन्त्री डाक्टर महतले जवाफ दिनेछन् । त्यसपछि प्रतिनिधिसभामा प्रि–बजेट छलफल सकिनेछ ।

प्रि–बजेट छलफल सकिएपछि अर्को बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुने छ । संसदको बजेट अधिवेशन आइतबारबाट सुरु भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।