बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ८१ पैसा र बिक्री दर १४४ रुपैयाँ ४६ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५८ पैसा र बिक्री दर ८८ रुपैयाँ ९८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २८ पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ५७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९२ पैसा र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।