जहाज खरिदका लागी नौ सदस्यीय उपसमिति गठन


नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले जहाज खरिदका लागी नौ सदस्यीय उपसमिति गठन गरेको छ ।

निगमले नेपालको अन्तर प्रदेश हवाई कनेक्टिभिटी वढाउने उद्देश्यले सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको हो ।

निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको अध्यक्षतामा बसेको वैशाख २६ गतेको संचालक समितिको वैठकले उपसमिति गठन थियो । उक्त कार्यसमितिले २१ दिनभित्र प्रतिवेदन वुझाउने काम सुरु गरेको छ ।

सहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारण निगमले हाल सहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन । निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत नेपालका शहरी क्षेत्रबाट प्रादेशिक उडान गर्ने प्रवत्ता रमेश पौडेलले बताए ।

यी  जहाजहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी पारदर्शी रुपले खरीद गरिने निगमले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।