आवश्यक स्रोतको पूर्तिका लागि कुनै पनि नवीन वित्तीय स्रोतको मोडललाई स्वागत गर्छौं : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई स्रोत र साधानको आवश्यकता भएकोमा कुनै शंका नरहेको उल्लेख गर्दै आवश्यक स्रोतको पूर्तिका लागि कुनै पनि नवीन वित्तीय स्रोतको मोडललाई स्वागत गरिने बताएका छन्।

काठमाडौंमा सुरु भएको ‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ को उद्घाटन सत्रमा बोल्दै महतले नेपालमा सम्भावना र आकर्षक वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता अहिलेसम्म आवश्यकता अनुसार नभएको बताए।

उदार अर्थतन्त्र, लोकतान्त्रिक व्यवस्था र अहिलेसम्म कहिलै डिफल्ड नभएको र कुनै पनि विदेशी कम्पनीको प्रतिफल नरोकिएको जस्ता आकर्षक ऐेतिहासिक ट्रा्यक नेपालसँग भएको उनको भनाइ छ। विकासको सम्भावना र आवश्यकता, युवा जनसंख्या जस्ता थप आकर्षण भएको उनको भनाइ छ।

आवश्यक नीतिगत तथा संरचनात्मक व्यवस्था अहिलेपनि रहेको र आवश्यकता अनुसार सरकारले सुधार गर्न तयार रहेको उनको भनाइ छ।

‘लगानी ग्याप फिलका लागि आवश्यक स्रोतको पूर्तिका लागि कुनै पनि नवीन वित्तीय स्रोतको मोडललाई हामी स्वागत गर्छौं। त्यसका लागि नीतिगत र संरचानागत सुधारका लागि हामी प्रतिबद्ध छौं। स्रोत आएपछि कसरी उत्कृष्ट परिचालन गर्छौं भनेर हामी देखाउँछौं’ मन्त्री महतले भने।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।