ठमेल प्लाजा होटलको वार्षिक कारोबार सवा ११ करोड, ४०९ % ले वृद्धि

0
Shares

सन् २०२२ मा ठमेल प्लाजा होटल एन्ड स्वीट्सले ११ करोड २० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण होटलहरुको आम्दानी क्रमिक रुपमा घटेको थियो । तर सन् २०२२ मा कोभिड–१९ संक्रमण कम हुँदै गएपछि होटलहरुको आम्दानी बढ्दै गएको हो ।

सन् २०२१ मा २ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२२ मा ११ करोड २० लाख आम्दानी गरेको हो । सन् २०२१ को तुलनामा होटलको सञ्चालन आम्दानी ४०९ प्रतिशतले बढेको हो ।

सन् २०१२ मा निर्माण सुरु भएको ठमेल प्लाजा होटल एन्ड स्वीट्स सन् २०२१देखि सञ्चालनमा आएको चार तारे होटल हो । १ हजार १७० वर्ग मिटर जग्गामा निर्माण भएको होटलमा कुल ९० कोठा रहेका छन् । “रमादा इन्कोर काठमाडौँ” ब्रान्डनामबाट होटल सञ्चालनमा आएको छ ।

सञ्चालनमा आएको सुरुवाती वर्षमा नै होटलले ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा कुल नाफाको ४१.७८ प्रतिशत रहेको छ ।

होटलका अध्यक्ष शान्ति रमण पङ्गेनी रहेका छन् । यस्तै कम्पनी महाप्रबन्धक महेश फुयाल हुन् । होटलले ८० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ७७ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ३० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

होटलको वित्तीय विवरण अनुसार होटलले लिएको कर्जाको ब्याज भुक्तानी क्षमता कुल कर्जाको ०.६२ गुणा रहेको छ । होटलको सञ्चालन आम्दानीको तुलनामा होटलले लिएको कर्जा ६८ करोड ८० लाख बढी हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।