दश महिनामा पौने ३० अर्बको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

0
Shares

चालु आर्थिक वर्षको १० महिना अर्थात गत साउनदेखि वैशाख महिनासम्ममा पानै ३० अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको १० महिनासम्ममा उद्योग विभागबाट २१९ परियोजनाहरुमा कुल २९ अर्ब ७४ करोड १ लाख प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ

चालु आवको वैशाख महिनामा उद्योग विभागले १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी मार्फत निर्माण हुने २८ परियोजना स्वीकृत गरेको छ । विभागले प्रत्यक्ष वैदेशिक लगानीमै स्थापना भएका ६ कम्पनीहरुको सेयर खरिद सम्झौता स्वीकृत गरेको हो भने १ अर्ब ३२ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर लगानी सम्झौतालाई स्वीकृत गेको हो ।

वैशाख महिनामा विभागले स्वीकृत गरेका २८ परियोजनाबाट १ हजार २ सय ७२ जनाले रोजगारीको अवसर प्राप्त गर्नेछन् । लगानी स्वीकृत भएका २८ परियोजना साना तथा घरेलु उद्योग परियोजना रहेका छन् ।

स्वीकृत औद्योगिक परियोजना मध्येमा १३.४६ प्रतिशत सर्भिस क्षेत्र, ८.२९ प्रतिशत पर्यटन, २.७ प्रतिशत उत्पादन क्षेत्र, २.७ प्रतिशत पूर्वाधार, ३.११ प्रतिशत आइटी तथा संचार क्षेत्रमा आधारित रहेका छन् ।

यस्तै वैशाख महिनामा व्यवसायिक भिसा मार्फत १३१ लगानीकर्ता, ४७ प्रतिनिधि र ११५ आश्रित लगानीकर्ता नेपाल आएका छन् ।

त्यसैगरी विज्ञापनका लागि १७ र प्रविधि हस्तान्तरण सम्झौताका लागि ५ वटा गैर–पर्यटकीय भिसा प्रदान भएको विभागले जनाएको छ । चालु आवको साउनदेखि वैशाख महिनासम्ममा १ हजार ३३४ लगानीकर्ता नेपाल आएका छन् ।

वैशाख महिनामा मात्रै वैदेशिक लगानीकर्ताहरुले १ अर्ब ८६ करोड ८७ लाख बराबरको लाभांश फिर्ता लगेका छन् । चालु आवको साउन देखि वैशाख महिनासम्ममा विदेशी लगानीकर्ताहरुले कुल १३ अर्ब ७९ करोड ३० लाख बराबरको लाभांश फिर्ता लगेको विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।