नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

0
Shares

सोमबार नेप्से परिसूचक नेप्से ३.३४ अंकले घटेर १८१८.३१ बिन्दुमा झरेको छ। । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा गिरावट आएको छ।

अघिल्लो दिन ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँ पुगेको छ। यस दिन २६३ वटा धितोपत्रको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच भएको हो।

सोमबार एनआइबिएल ग्रोथ फण्डको इकाई मूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ। यस दिन उक्त योजनाको इकाई मूल्य ८ रुपैयाँ ३४ पैसा पुगेको छ। यस्तै, आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ६।११ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७७१ रुपैयाँ ५० पैसा पुगेको छ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरमूल्य ६।४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५६० रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, बाराही हाइड्रोपावरको सेयरमूल्य ५।३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४३७ रुपैयाँ १० पैसा पुगेको छ।

सोमबार एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६९४ रुपैयाँ ६० पैसामा ३ करोड ४ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ५६० रुपैयाँ ५० पैसामा २ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।