छैटौँ चेम्बर एक्स्पो जेठ ४ गते देखि भृकुटीमण्डपमा हुने

0
Shares

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आगामी विहिवारबाट शुरु हुने भएको छ । जेठ ४ गते देखि ८ गते सम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने आयोजक नेपाल चेम्बर अफ कर्मसले जनाएको छ ।

छैटौँ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरुको बजारीकरणमा जोड दिईने अध्यक्ष राजेन्द्र मल्लले बताए ।

मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । उनले भने,‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसंग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ,।’

चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरु, घरेलु तथा खाद्यन्हका सामाग्रीहरु, जटिवुटी जन्य बस्तुहरु प्रर्दशनी गरिने चेम्बरले जनाएको छ । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनीमा राखिने छ । मेलाको करिव डेढ लाख जनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए ।

मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामाग्रीहरुको स्टल रहनेछन । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय बस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।