बुधबार अमेरिकी डलरको भाउ घट्दा युरो बढ्यो


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ २४ पैसा र बिक्री दर १३१ रुपैयाँ ८४ पैसा रहेको छ ।

अमेरिकी डलरको मंगलबार एकको खरिद दर १३१ रुपैयाँ ३८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९८ पैसा रहेको थियो । यस्तै आज बुधबार युरोको भाउ खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ६१ पैसा रहेको छ ।

मंगलबार युरो खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९७ पैसा रहेको थियो । अष्ट्रेलियन डलर आज एकको खरिद दर ८७ रुपैयाँ ७२ पैसा र बिक्री दर ८८ रुपैयाँ १२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसामा कारोबार भइरहेको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ जेठ २०८०, बुधबार  ०६ : ५१ बजे