आर्थिक अवस्थामा सुधार ल्याउन बजेटमा विशेष पहल गर्न आवश्यक छः ढकाल

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले सार्वजनिक गर्नें बजेटले बहुआयामिक बिषयहरुलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक रहेको बताएका हुन् ।

विद्यमान आर्थिक अवस्थामामा बजेटले आर्थिक स्थायित्व, लगानी अभिवृद्धि, दिगो आर्थिक विकासका लागि सार्वजनिक निजी साझेदारी र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने बताए । त्यसका लागि ब्याजदर स्थायित्व, कर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरण आवश्यक छ । यससँगै उद्यमी व्यवसायीलाई पुर्नकर्जा सुविधा आवश्यक रहेको उनको भनाई छ । प्रतिवेदनले नीति निर्मातालाई आयात प्रतिस्थापनलाई यसपटकको राजश्व नीतिले पनि महत्व दिनुपर्ने, नेपालमा उत्पादन भैरहेका र हुनसक्ने वस्तुहरुको संरक्षण गर्न सघाउन पुर्याएको उनले बताए ।

निजी क्षेत्रको केही मागलाई नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा आंशिक रुपमा समेटेको बताउँदै ढकालले सो व्यवस्थाले मात्रै बजार चलायमान बनाउन नसक्ने उल्लेख गरे । त्यसैले बजेट थप लचिलो बन्न आवश्यक रहेको उनको ठहर छ । यसैगरि रेमिट्यान्स विशेष प्रवद्र्धन कार्यक्रम मार्पmत औपचारिक माध्यमबाट बढिभन्दा बढि रेमिट्यान्स भित्र्याउने योजना बजेट मार्फत आउनुपर्ने उनले बताए ।

“देशभित्र विशेष गरि सानो आय भएका व्यक्तिहरुले प्रयोग गर्ने रेमिट्यान्स सेवा जुन रोकिएको छ, त्यसलाई सुचारु गर्नुपर्छ । बाह्य क्षेत्र सन्तोषजनक रहेकाले तत्काल मन्दीबाट बाहिर आउन सकिन्छ । मौद्रिक र वित्तीय नीतिले बजारमा माग सिर्जना गर्न सकिने उपकरण ल्याउनुपर्छ । ” अध्यक्ष ढकालले भने, “ आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवद्र्धन नगरि सम्भव छैन । त्यसमा हाम्रो विशेष ध्यान आवश्यक छ । तुलनात्मक लाभ भएका लगानीका क्षेत्र र नयाँ ठाउँमा पनि निजी क्षेत्रलाई अवसर दिइनुपर्छ । आगामी आर्थिक बर्षदेखि अर्थतन्त्रमा क्रमशः सुधार हुने सम्भावना मैले देखेको छु । ”

नेपालको फलाम लगायत खनिजजन्य पदार्थको उत्पादन एवं निर्यातमा विशेष कार्यक्रम आउन आवश्यक रहेको उनले बताए । विभिन्न खोलाहरुमा थुप्रिएका गिटी ढुंङ्गा बालुवा बिक्रीबाट मात्रै वार्षिक करिब २ अर्ब डलर आर्जन गर्न सकिने सम्भावना एक अध्ययनले देखाएकोउनले बताए । वातावरणीय प्रभाव न्यूनिकरण गरि यस्ता खानीहरु पनि पहिचान गरि यी तुलनात्मक लाभका वस्तुहरुलाई हामीले प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । काठ र काठजन्य उत्पादन अर्को तुलनात्मक लाभ भएका क्षेत्र रहेको उनको बुझाई छ ।

साना तथा मझौला उद्यम प्रवद्र्धन गर्न परियोजना कर्जा, करमा सहुलियत, बजार विविधिकरणमा सहयोग पुर्याउनु आवश्यक रहेको उनले बताए । साना उद्यमहरुबाट थोरै लगानीमा रोजगारी सम्भव रहेकाले त्यस्ता उद्यमहरुको संरक्षण गरी दिगो अर्थतन्त्रको निर्माण गर्नुपर्नेमा बजेटले ध्यान पु¥याउनुपर्ने महासंघ अध्यक्ष ढकालले बताए ।

कृषिमा अवलम्बन गरेका नीति तथा कार्यक्रमले प्रभावकारी नतिजा निकाल्न नसकेको भन्दै उनले बजेट मार्फत कृषिको इकोसिस्टममै सुधार आवश्यक रहेको उनको ठम्याई छ । कृषि खाद्य सुरक्षाका लागि मात्र नभइ उद्योगहरुका लागि पनि कच्चा पदार्थ रहेको उनले बताए । मुख्यरुपमा पाँच देखि दश वटा कृषि वस्तुको पहिचान गरौ जसले आयात प्रतिस्थापन गर्न सकिने उनको धारणा छ ।सर्वसाधारण र व्यवसायीले सरकारबाट पाउने सेवाको गुणस्तरका विषयमा बारम्बार गुनासो आइरहेको हुन्छ । अब प्रविधिको उच्चतम प्रयोगबाट सुशासन कायम गर्नतर्पm विशेष पहल गर्नु आवश्यक रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उच्चमूूल्य अभिवृद्धि हुने पर्यटन विकासका लागि बिजनेस र लिजर अर्थात ब्लिजर पर्यटनलाई बढावा दिइनुपर्नेमा जोड दिए । उनले भने, “प्रकृतिसँग नजिकिने पर्यटक बढ्ने हुँदा पर्यटन पुर्वाधार निर्माणमा सरकारी सहयोग आवश्यक हुनेछ । ५० करोड भन्दा बढि लगानी भएका र १०० जनाभन्दा बढिलाई रोजगारी दिने उद्योग एवं पर्यटन क्षेत्रलाई पुर्वाधार निर्माण आयकर लगायतमा सहुलियत आवश्यक छ । उत्पादनमूलक उद्योगलाई प्रतिस्पर्धी बनाउन उद्योगलाई सहज र सस्तो दरमा बिजुली उपलब्ध गराई प्रतिस्पर्धी बनाउन सकिन्छ । पुनरकर्जा र ब्याजदरमा सहुलियत दिनुपर्ने गरि नीतिगत र व्यवहारिक समस्या समाधानका उपाय अबवम्बन गर्नुपर्छ ।”

राजश्व सम्बन्धि विभिन्न कानुनी व्यवस्थाहरु कार्यान्वयनका क्रममा उद्यमी व्यवसायीले नीतिगत र प्रक्रियागत समस्या भोग्नु परिरहेकाले एकीकृत कानुन निर्माणसँगै कर प्रशासनको पुर्नसंरचना, प्रविधिको प्रयोग र दर समायोजन आवश्यक रहेको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।