शुक्रबार यस्तो छ विदेशी मुद्राको भाउ


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार शुक्रबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा रहेको छ ।

यस्तै आज शुक्रबार युरोको भाउ खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ । शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १६४ रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०७ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ २० पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १६ पैसा र बिक्री दर ३५ रुपैयाँ ३२ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।