आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आइतबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तै आज आइतबार युरोको भाउ खरिद दर १४२ रुपैयाँ ४९ पैसा र बिक्री दर १४३ रुपैयाँ १४ पैसा रहेको छ । आइतबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८२ पैसा र बिक्री दर ८८ रुपैयाँ २२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६४ रुपैयाँ ०१ पैसा र बिक्री दर १६४ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २१ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०८ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ २१ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १९ पैसा र बिक्री दर ३५ रुपैयाँ ३५ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।