एसेम्बलिङ्ग उद्योगहरुलाई दिइँदै आएको महशुलमा छुट कटौती भए उद्योगहरु बन्द हुन्छन्ः नाडा

0
Shares

अटोमाबवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारी साधन एसेम्बलिङ्ग उत्पादन उद्योगहरुलाई दिइँदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौती भए त्यस्ता उद्योगहरु बन्द हुने बताएको छ ।

सरकारले ल्याउन लागेको बजेटमा एसेम्बलिङ्ग उद्योगहरुको पाउँदै आएको सुविधा कटौती गर्न लागेको भन्दै मुख्य सरोकारवाला संस्था नाडाले विशेष ध्यान आकृष्ट भएको जनाएको छ । एउटा एसेम्बल उद्योगको कारण त्यससँग आश्रित भएर कैयन अन्य उद्योगहरुको पनि स्थापना हुने तथ्यहरुलाई नजर अन्दाज गर्दै भएकै सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरिरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडि पर्ने निश्चित रहेको नाडाले जनाएको छ।

“सरकारले सबै नागरिकले सवारी साधन प्रयोग गरुन् भन्ने उद्धेश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउँदै जानुपर्नेमा थोरै वर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ्ग उद्योग खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउँछ। ” नाडा महासचिव सुरेन्द्रकुमार उप्रेतिले भने । एसेम्बल उद्योगले आद्योगिक सिपको विकास गरी रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्न समेत मद्दत गर्ने उनले बताए।

सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयम्मा धेरै पुँजी तथा लगानी चाहिने उद्योग भएकाले एसेम्बली उद्योगहरुले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याई रहेको हुने नाडाले जनाएको छ । नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधारण वर्गले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाको भनाई छ । सरकारले तत्कालको समस्या अर्थात राजश्वलाई मात्र दृष्टिगत गरी नीति बनाउँदा त्यसको दीर्घकालिन असरलाई पर्ने भन्दै नाडाले त्यसलाई समेत ध्यान दिन जोड दिएको छ ।

सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ । सोही सुविधाककै कारण हालसम्म ४ वटा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको र अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेका नाडाले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।