बागमती प्रदेश सरकारले घटायो सार्वजनिक यातायातको भाडा

0
Shares

बागमती प्रदेश सरकारले अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन गरेको छ।

डिजलको मूल्य घटेसँगै प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनका सवारीमा लाग्ने भाडाको ५ प्रतिशत भाडा घटाइएको बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा ५.९० प्रतिशत घटेको हो । त्यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो।

नेपाल आयल निगमले डिजेलको भाउ लिटरमै १० रुपैयाँ घटाएर प्रति लिटर १५५ रुपैयाँ कायम गरेपश्चात भाडादर समायोजन गरेको हो।

यसअघि नै संघीय सरकारले भाडादर समायोजन गरिसकेको छ। संघले सार्वजनिक सवारीसाधनको ३.२० प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटाएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।