नोट साट्न लाइन लाग्ने क्रममा एक सय बढी भारतीयको मृत्यु

0
Shares

भारतीय रिजर्भ बैंकले भारतीय दुई हजार रुपैयाँको नोट चलनचल्तीबाट हटाउने घोषणा गरेसँगै भारतीय जनताहरु समस्यामा परेका छन्।

सेप्टेम्बर ३० सम्मको समयावधि दिई केन्द्रीय बैंकले भारतीय जनतालाई दुई हजार रुपैयाँको नोट साट्न आग्रह गरेको छ । सोहि क्रममा बैंक तथा वित्तीय संस्थाहरुमा नोट साट्ने मानिसहरुको लामो लाइन छ ।

नोट साट्ने क्रममा लामो समयसम्म लाइन बस्दा एक सय बढी भारतीयको ज्यान गएको ब्लुमबर्गमा उल्लेख छ ।

हाल भारतमा इन्टरनेटको पहुँच विस्तार भएसँगै अधिकांश मानिसहरुले डिजिटल तथा अनलाइन माध्यमबाट रकम भुक्तानी गरिरहेका छन् । जसकारण भारतीय बजारमा भारु दुई हजार नोटको प्रयोग ११ प्रतिशत रहेको छ ।

इन्टरनेटको पहुँच भएका व्यक्तिहरुले अनलाइन माध्यमबाट कारोबार गर्ने हुँदा उनीहरुलाई समस्या नभएता पनि गरिब तथा इन्टरनेटको पहुँचबाट टाढा रहेका मानिसहरु दुई हजार रुपैयाँको नोट बन्द हुँदा समस्यामा परेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ मा भारु ५०० र १०० का नोटहरुको प्रयोगमा प्रतिबन्ध लगाई दुई हजार र एक सय रुपैयाँको नोट चलनचल्तीमा ल्याएका थिए । दुई हजार रुपैयाँको नोट प्रयोगमा आएको ६ वर्ष नहुँदै भारु दुई हजारको नोटमा समेत प्रतिबन्ध लागेको छ ।

यसरी चलनचल्तीका नोटहरुमा प्रतिबन्ध लगाउँदा कालो धन बाहिर आउने आमविश्वास रहेको छ । तर भारतको जनसङ्ख्या बमोजिमको नोट सटही वित्तीय संस्था र सटही प्रक्रिया सहज नहुँदा निम्न वर्गका मानिसहरु मर्कामा परेका छन् ।

दिनभरी काम गरेर बिहान साझ दुई छाक जुटाउने मानिसहरु भारतको सरकारको यो निर्णयबाट प्रभावित बनेका छन् । दिनभरी लामो लाइनमा बस्न बाध्यहुँदा मानिसहरुको ज्यान समेत गएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।