महालक्ष्मी विकास बैंकले जारी गर्यो क्रेडिट कार्ड

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।

बैंकले जेठ १२ गते शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटा ज्यूले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका थिए ।
उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

क्रेडिट कार्ड प्रयोगकर्ताले पेइन्ट अफ सेल (पीओएस) मेसिन, अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटीएमबाट सजिलै नगद झिक्न, पस मेसिन मार्फत मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् ।

कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।