हिमालको पानीलाई ब्राण्डिङ गरिने, वातावरणलाई असर नपर्ने गरी ढुङ्गा र गिट्टीको निर्यात

0
Shares

सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ । सरकारले निर्यात बढाउने उद्देश्यले पानीको ब्राण्डिङ गर्ने घोषणा गरेको हो ।

त्यसैगरी सरकारले विदेशी मुद्राका लागि रेमिट्यान्सको मात्र भर परेको अर्थतन्त्रलाई विविधिकरण गर्दै निर्यातलाई जोड दिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत हिमाली क्षेत्रको पनि तथा ढुङ्गा र गिट्टीको समेत नियौत गर्ने उल्लेख बजेटमा गरेको हो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका हुन । उनले नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको बताए ।

त्यसैगरी सरकारले आगममी वर्ष वातावरणलाई असर नपर्ने गरी ढुङ्गा र गिट्टी निर्यात गर्ने घोषण बजेटमा गरेको छ । सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निर्यात गर्ने व्यवस्था बजेटमा गरेको हो ।

अर्थमन्त्री डा महतले ढुङ्गा गिट्टी निर्यातको कुरा बहसमा आएपनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसरको प्रयोग हुन नसकेको बताए।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।