आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? अर्थमन्त्री महतले प्रस्तुत गरेको बजेटको पूर्णपाठ यस्तो छ


सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बरावरको बजेट ल्याएको छ । यो बजेटको आकार चालु आर्थिक वर्षको बजेट आकारको तुलनामा २.३७ प्रतिशतले थोरै हो ।

चालु आर्थिक वर्षको बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोडको तुलनामा २.३७ प्रतिशतले कम हो । त्यसैगरी चालु आवको संशोधित बजेट आकारको तुलनामा आगामी आवको बजेट आकार १६.३७ प्रतिशतले धेरै हो ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार घटाइ संशोधित बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ बरावरको बनाएका थिए ।

 

अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट मार्फत चालु खर्चका लागी ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ छुट्याएका छन । यो रकम कुल बजेटको ६५.२० प्रतिशत हो । त्यसैगरी अर्थमन्त्रीले पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड रुपौयँ छुट्याएका छन । यो रकम कुल बजेटको १७.२५ प्रतिशत हो ।

साथै अर्थमन्त्रीले वित्तीय व्यवस्थापनका लागि ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ छुट्याएका छन । यो रकम कुल कजेटको १७.५५ प्रतिशत हो । अर्थमन्त्री महतले वित्तीय हस्तान्तरणका लागि भने ४ खर्ब ८ करोड रुपैयाँ छुट्याएका छन ।

मन्त्री महतले उक्त खर्चका लागि स्रोत व्यवस्थापन राजस्व, बैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋण मार्फत गर्ने बताएका छन । उनका अनुसार राजस्व मार्फत १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ स्रोत संकलन गर्ने लक्ष्य रहेको छ ।

त्यसैगरी ४९ अर्ब ९४ करोड रुपैयाँँ बरावरको बैदेशिक अनुदान आउने अनुमान मन्त्री महतको रहेको छ । मन्त्री महतले ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ भने बैदेशिक तथा आन्तरिक ऋण मार्फत स्रोत जुटाउने योजना गरेका छन् ।

बजेको पूर्णपाठ यहाँबाट पढ्न सकिन्छ

आर्थिक वर्ष २०८०-८१ को बजेटका प्रमुख हाइलाईटस्