नेपाली स्मार्टफोन मार्केटमा प्राविधिक फड्को: रेड्मी १२ सि

0
Shares

नेपाली स्मार्ट फोन बजार मा उपलब्ध कम मुल्य का सेटहरु मध्य रेड मी १२ सि सबैभन्दा शक्तीशाली सेट हो ।

सुरुवाती मूल्य करिब १३ हजार रुपैयाँ रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्दछ ।

रेड्मी १२सी को ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र १३ हजार ४९९ रहेको छ । थप स्टोरेज चाहनुहुने ग्राहकहरुको लागि ४ जीबी + ६४जीबी भेरियन्ट मात्र १४ हजार ४९९ र ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र १६ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।

बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन्। साथै ६ जीबी+१२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।

मेडियाटेक हेलिओ जी८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ।

जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५ हजार यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ ।

आफ्ना फोनहरुमा उत्कृष्ट फिचरश र उत्तिकै उत्कृष्ट पेर्फोर्मंस प्रदान गर्ने फोनको रुपमा रेड्मी बजारमा परिचित छ र रेड्मी १२सी त्यसैको जबर्दस्त उदाहरण हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।