सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा निरज मान सैजु नियुक्त

0
Shares

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरज मान सैजु नियुक्त भएका छन्। 

कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।

४२ वर्षीय सैजुको बैंकिङ क्षेत्रमा २० वर्ष भन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी उत्कृष्ट अनुभव छ । क्यानडा स्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैजुसँग सुरक्षा र लगानीको क्षेत्रमा ज्ञान छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले आफुले कम्पनीको दिगो आर्थिक बृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने बिश्वास दिलाएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।